२०८३, ५ मंसिर शनिबार

डिजिटल युगमा पनि टेलिभिजनको महत्त्व उत्तिकै, विश्व दिवस मनाइयो

डिजिटल युगमा पनि टेलिभिजनको महत्त्व उत्तिकै, विश्व दिवस मनाइयो


काठमाडौं । नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। सूचना, सञ्चार, शिक्षा र मनोरञ्जनका क्षेत्रमा टेलिभिजनको योगदान तथा प्रभावकारिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो।

टेलिभिजनले सूचना तथा समाचार सम्प्रेषण, जनमत निर्माण, सामाजिक चेतना अभिवृद्धि र विश्व समुदायलाई जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

डिजिटल प्रविधि र सामाजिक सञ्जालको तीव्र विस्तारका बाबजुद विश्वसनीय सूचना प्रवाह र दृश्य पत्रकारिताको सशक्त माध्यमका रूपमा टेलिभिजनको महत्त्व अझै कायम रहेको छ।

यस दिवसले सञ्चार क्षेत्रमा टेलिभिजनको योगदानसँगै जिम्मेवार, निष्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकतालाई समेत उजागर गरेको छ।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : ०४ बजे

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भारत भ्रमणमा ३५ वर्षदेखिका समस्या समाधान गर्न खनालको चुनौती

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

संसद् विघटनलाई लिएर राष्ट्रपतिमाथि ओलीको कटाक्ष, ‘डरपोक भएर असंवैधानिक कदम चाल्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

भारत भ्रमणमा व्यापार घाटा, विद्युत् निर्यात र हवाई मार्गलाई प्राथमिकता दिन भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न

डिजिटल युगमा पनि टेलिभिजनको महत्त्व उत्तिकै, विश्व दिवस मनाइयो

काठमाडौं । नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस आज विभिन्न