भक्तपुर, मंसिर ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति सहित पाँच जनालाई शुक्रबार साँझ प्रहरी बृत्त थिमिको टोलीले जुवाखालबाट पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का रास्वपा वडा सभापति एवं वडा नंं ८ बाट आगामी स्थानीइ तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार समेत दाबी गर्दै आएका सुजन सिपाही सहित पाँच जनालाई जुवा तास खेल्दै गर्दा पक्राउ गरेको प्रहरी बृत्त ठिमीले जानकारी दिएको छ ।
रास्वपा सभापति नै जुवा खालबाट पक्राउ परेपछि भक्तपुर जिल्लादेखि केन्द्रीय नेताहरुले तत्काल छाड्न दबाब दिएको ती प्रहरीले बताए ।
उनले भने प्रहरी परिसर भक्तपुरदेखि प्रहरी बृत्त ठिमीसम्मलाई पक्राउ परेका नेतादेखि सबैलाई छाड्न दबाब आएको आईछ, पत्रकारहरु सबैले थाहा पाई सके कारबाही नगरी छाड्न पनि समस्या, नछाड्दा पनि दुई तिहाई बहुमतको सरकारको नेताहरुबाट दबाब आइरहेको छ, प्रहरीलाई समस्या परेको छ ।
प्रहरीले नगद र ताससहित जुवाखालबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले एक महिनाको अबधीमा भक्तपरबाट तीन ठाउँका जुवाडेलाई पक्राउ गरि कारबाही गरेको जनाएको छ ।







प्रतिक्रिया