काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७२३ सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
शुक्रबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५८, सीसीटीभीबाट पहिचान भएका २५ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालक कारबाहीमा परेका हुन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३२, हर्न निषेध उल्लङ्घन गर्ने ६, सवारीको अवस्था ठीक नभएका ६ र लेन अनुशासन उल्लङ्घन गर्ने २ चालक कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनमा ४७३ चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।







प्रतिक्रिया