२०८३, ३ मंसिर बिहीबार

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको पदबहाली, सुशासन र पारदर्शितामा जोड

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको पदबहाली, सुशासन र पारदर्शितामा जोड


रुपन्देही । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे र कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै नयाँ नेतृत्वले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता तथा भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

उपाध्यक्ष आनी छोइङ डोल्माले पद र प्रतिष्ठाभन्दा सेवाभावले जिम्मेवारी सम्हालेको बताउँदै लुम्बिनीको विकास र यहाँका बासिन्दासहित सम्पूर्ण प्राणीको हितमा समर्पित भएर काम गर्ने बताइन्।

त्यस्तै, सदस्य सचिव सन्तोष पाण्डेले दान, भेटी तथा सहयोगबाट प्राप्त हुने रकमको पारदर्शी व्यवस्थापन गर्ने, फोहोरमैला समस्या समाधान गर्ने र पर्यटकमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले लुम्बिनीको गुरुयोजनालाई सम्पदा क्षेत्रको आवश्यकताअनुसार स्तरोन्नति गर्दै अधुरा आयोजनालाई तीव्रता दिने पनि बताए।

नयाँ नेतृत्वले सामूहिक सहकार्य र संस्थागत सुधारमार्फत लुम्बिनीलाई व्यवस्थित, स्वच्छ र अन्तर्राष्ट्रियस्तरको आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

प्रकाशित मिति : २०८३, ३ मंसिर बिहीबार  ४ : ११ बजे

एमालेको उद्घोष : निर्वाचनबाट शक्ति आर्जन, आवश्यक परे आन्दोलनको आँधीबेहरी !

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको राजनीतिक पुनर्जागरण र संगठनात्मक

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको पदबहाली, सुशासन र पारदर्शितामा जोड

रुपन्देही । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा,

राष्ट्रिय भेला सकियो, एमाले केन्द्रीय कमिटी बैठक आजै बस्दै

काठमाडौं । नेकपा (एमाले) ले पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्दै केन्द्रीय

राष्ट्रिय भेलापछि एमालेको नजर केन्द्रीय कमिटी बैठकमा, आजै चौथो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलालाई आजै समापन गरी

एनपीएल फाइनलको दौडमा सुदूरपश्चिम र चितवन आमनेसामने, आज निर्णायक भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्ने अन्तिम