२०८३, ३ मंसिर बिहीबार

राष्ट्रिय भेला सकियो, एमाले केन्द्रीय कमिटी बैठक आजै बस्दै

राष्ट्रिय भेला सकियो, एमाले केन्द्रीय कमिटी बैठक आजै बस्दै


काठमाडौं । नेकपा (एमाले) ले पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्दै केन्द्रीय कमिटी बैठक आजै बसाउने भएको छ। यसअघि मंसिर ५ गतेका लागि निर्धारण गरिएको बैठक राष्ट्रिय भेला समापनसँगै आजै बस्न लागेको हो।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सम्पन्न राष्ट्रिय भेलापछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यपछि राष्ट्रिय भेला समापन भएको थियो।

दिउँसो ३ बजेका लागि तय गरिएको बैठक केही ढिलाइ हुने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार व्यवस्थापकीय कारणले बैठक अपराह्न ४ बजेसम्म सुरु हुन सक्नेछ।

बैठकको मुख्य चासो पार्टीका पूर्वसचिव टोपबहादुर रायमाझीको जिम्मेवारी व्यवस्थापनमा रहने देखिएको छ। हालै जेलमुक्त भएका रायमाझीको पार्टीगत जिम्मेवारीबारे केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ।

यसका अतिरिक्त पार्टीभित्र टुंगिन बाँकी रहेका जिम्मेवारी र कार्यविभाजनका विषयले पनि बैठकमा प्रवेश पाउनेछन्।

राष्ट्रिय भेलाबाट प्राप्त सुझाव र सांगठनिक विषयलाई समेत ध्यानमा राखेर बस्न लागेको बैठकलाई एमालेको आगामी संगठनात्मक दिशा र जिम्मेवारी व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। बैठक राष्ट्रिय भेला भएकै स्थान कार्की ब्याङ्क्वेटमा बस्नेछ।

प्रकाशित मिति : २०८३, ३ मंसिर बिहीबार  ३ : ३१ बजे

राष्ट्रिय भेला सकियो, एमाले केन्द्रीय कमिटी बैठक आजै बस्दै

काठमाडौं । नेकपा (एमाले) ले पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्दै केन्द्रीय

राष्ट्रिय भेलापछि एमालेको नजर केन्द्रीय कमिटी बैठकमा, आजै चौथो बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय भेलालाई आजै समापन गरी

एनपीएल फाइनलको दौडमा सुदूरपश्चिम र चितवन आमनेसामने, आज निर्णायक भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्ने अन्तिम

एसिया–प्रशान्त क्षेत्रमा चीनको नयाँ पहल, सहकार्यका लागि २ करोड डलर दिने सीको घोषणा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रको आर्थिक सहकार्य

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ? 

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको