२०८३, १८ कार्तिक बुधबार

नेपाल बैंकका ग्राहकलाई विशेष सुविधा : १८ महिनासम्म ब्याज र सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान किन्न पाइने

नेपाल बैंकका ग्राहकलाई विशेष सुविधा : १८ महिनासम्म ब्याज र सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान किन्न पाइने


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि आकर्षक सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत खरिद गरेका सामानको भुक्तानी १८ महिनासम्म ब्याज र सेवाशुल्कबिनै किस्ताबन्दीमा गर्न सक्ने भएका छन्।

बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल बैंकले फिन्तारा सोलुसन्स प्रालिसँग सहकार्य गर्दै ‘बाइ नाउ, पे लेटर’ (Buy Now, Pay Later–BNPL) सेवा सुरु गरेको हो। नयाँ सुविधाले ग्राहकलाई तत्काल आवश्यक सामान खरिद गर्न र त्यसको भुक्तानी आफ्नो सुविधाअनुसार किस्ताबन्दीमा गर्न सहज बनाउने बैंकको विश्वास छ।

सम्झौताअनुसार नेपाल बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले बीएनपीएल प्लेटफर्ममार्फत अधिकतम १८ महिनासम्मको किस्ताबन्दी सुविधा उपयोग गर्न सक्नेछन्। यसरी सामान खरिद गर्दा ग्राहकले कुनै पनि ब्याज वा सेवाशुल्क तिर्नुपर्ने छैन।

यससम्बन्धी सम्झौतामा सोमबार (कात्तिक १६ गते) नेपाल बैंकको प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्स प्रालिका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका हुन्।

बैंकिङ सेवालाई थप सहज, आधुनिक र ग्राहककेन्द्रित बनाउने उद्देश्यले नयाँ सुविधा सञ्चालनमा ल्याइएको नेपाल बैंकले जनाएको छ। यसबाट क्रेडिट कार्ड प्रयोगकर्तालाई भुक्तानी व्यवस्थापनमा थप सहजता मिल्नुका साथै डिजिटल भुक्तानी र आधुनिक बैंकिङ सेवाको प्रयोगसमेत प्रोत्साहित हुने अपेक्षा गरिएको छ।

नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। लामो बैंकिङ इतिहास बोकेको बैंकले दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगमार्फत देशभर गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै बैंकले सेवा विस्तार तथा नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  ५ : ४८ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा