काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप भएको विरोधमा काठमाडौंको माइतीघरमा पत्रकारहरूले प्रदर्शन सुरु गरेका छन्।
नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा वर्षा र झरीको बेवास्ता गर्दै पत्रकारहरू सहभागी भइरहेका छन्।
प्रदर्शनकारी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै सरकार र प्रहरीको कार्यशैलीको विरोध गरेका छन्।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन्।
पत्रकारको कार्यस्थलमै पुगेर पक्राउ गर्ने, सञ्चारगृहमा धरपकड गर्ने र समाचार कक्षमा हस्तक्षेप गर्ने गतिविधि प्रेस स्वतन्त्रतामाथिको चुनौती भएको भन्दै पत्रकारहरूले विरोध जनाएका छन्।







प्रतिक्रिया