२०८३, २५ आश्विन सोमबार

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक


काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सोमबार एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ ।  

विजया दशमीको अवसर पारेर ‘आ बाट आमा २’ यहीँ असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ ।

फिल्ममा पल शाह, मलिका महत र बिपना थापाको अलावा रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन् । 

फिल्मका कार्यकारी निर्माता करण सिंह हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।

पारिवारिक र सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्रले दर्शकलाई आमा र सन्तानबीचको गहिरो सम्बन्ध र दशैँको माहोलसँग जोड्ने विश्वास निर्माण पक्षले लिएको छ ।  

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  ८ : ३५ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका