२०८३, १७ आश्विन आईतबार

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी


काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल अफर सार्वजनिक गरेको छ। नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा ल्याइएको योजनामा एनसेलका विद्यमान ग्राहकसँगै नयाँ एनसेल सिम लिने ग्राहकसमेत सहभागी हुन सक्नेछन्।

अफरअन्तर्गत आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकले अनलिमिटेड डेटा, अनलिमिटेड लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम मनोरञ्जन सामग्री उपलब्ध हुने लायन्सगेट ओटीटी सब्सक्रिप्सन पाउनेछन्।

योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिला २०० जना ग्राहकले तीन महिनासम्म यी सुविधा अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन्।

त्यस्तै, आइफोन डुओका पहिला १०० जना खरिदकर्ताले छ महिनासम्म सोही सुविधा निःशुल्क उपभोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा नयाँ आइफोन खरिद गर्ने ग्राहकका लागि विशेष अफर ल्याउन पाउँदा खुसी लागेको बताए।

उनका अनुसार प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवा जोडेर ग्राहकको डिजिटल जीवनशैलीलाई थप सहज बनाउने उद्देश्यले योजना ल्याइएको हो। स्मार्टफोनसँगै डेटा, कल र मनोरञ्जन सेवा एउटै बन्डलमा उपलब्ध गराएर ग्राहकलाई थप मूल्य दिने एनसेलले जनाएको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  १ : ५८ बजे

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने