२०८३, ७ कार्तिक शनिबार

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सभाले बैंकका शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने करसमेत नगद लाभांशबाट व्यवस्था गरिने जनाइएको छ। बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मतिले पारित भएको छ। सभाबाट पारित लाभांशसँगै बैंकले शेयरधनीलाई प्रतिफल वितरण र पूँजी विस्तार दुवैलाई अघि बढाएको छ।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ११ : १३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना