२०८३, १३ आश्विन बुधबार

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सभाले बैंकका शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने करसमेत नगद लाभांशबाट व्यवस्था गरिने जनाइएको छ। बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मतिले पारित भएको छ। सभाबाट पारित लाभांशसँगै बैंकले शेयरधनीलाई प्रतिफल वितरण र पूँजी विस्तार दुवैलाई अघि बढाएको छ।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ११ : १३ बजे

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

मलेसिया रोजगारीमा ‘मेनपावर सिण्डिकेट’ विवाद चर्कियो, ३ लाख नेपालीको रोजगारी जोखिममा

२७५ एजेन्सी छनोटपछि सरकार अप्ठ्यारोमा, मलेसियासँग वार्ता कि FWCMS स्वीकार-दुई

भक्तपरको जगातीमा खुल्यो होण्डाको नयाँ शोरुम, आज उद्घाटन

भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ