२०८३, ७ कार्तिक शनिबार

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोट शुक्रबारदेखि प्रचलनमा आउनेछ।

साविककै आकारमा तयार गरिएको नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। त्यसको मुनि ‘१०००’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटको मध्य भागमा चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका राम र लक्ष्मण नामका दुर्लभ जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। यी हात्ती देवकली नामको हात्तीबाट जन्मिएका हुन्। नयाँ नोटको सिरिज २०२५ रहेको छ भने संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहनेछ।

यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा आए पनि यसअघि चलनचल्तीमा रहेका एक हजार दरका नोटसमेत प्रचलनमै रहने जनाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना