२०८३, ७ आश्विन बिहीबार

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोट शुक्रबारदेखि प्रचलनमा आउनेछ।

साविककै आकारमा तयार गरिएको नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। त्यसको मुनि ‘१०००’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटको मध्य भागमा चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका राम र लक्ष्मण नामका दुर्लभ जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। यी हात्ती देवकली नामको हात्तीबाट जन्मिएका हुन्। नयाँ नोटको सिरिज २०२५ रहेको छ भने संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहनेछ।

यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा आए पनि यसअघि चलनचल्तीमा रहेका एक हजार दरका नोटसमेत प्रचलनमै रहने जनाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : ३१ बजे

डोल्पामा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भएन

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा थपियो चौथो इजलास

धुलिखेल । मुद्दाको चाप बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुधबारदेखि

आजदेखि चलनचल्तीमा आउँदै १ हजारको नयाँ नोट, के-के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँ दरको

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत