२०८३, ६ आश्विन बुधबार

‘भासिएको बाटो पुरिसक्यौँ, अब एमाले दौडिनुपर्छ’ : विशाल भट्टराई

‘भासिएको बाटो पुरिसक्यौँ, अब एमाले दौडिनुपर्छ’ : विशाल भट्टराई


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय प्रमुख विशाल भट्टराईले पार्टीभित्रको एकता कायम गर्दै संकटबाट बाहिर निस्केर अब तीव्र गतिमा जनतामाझ फर्किनुपर्ने बताएका छन्।

बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले अघि सारेका दुई कार्यभार र १५ कामको बाटोलाई व्यवहारमा उतार्न सम्पूर्ण पार्टी एक ठाउँमा उभिनुपर्ने बताए। एमालेको पछिल्लो अवस्थालाई भासिएको राजमार्गसँग तुलना गर्दै उनले संकटका बेला विभिन्न दिशातर्फ जानुपर्ने आवाज उठे पनि अन्ततः बाटो मर्मत गरेर अघि बढ्ने नेतृत्व ओलीले गरेको बताए।

‘हामी फराकिलो राजमार्गमा निर्वाध यात्रामा थियौँ, अचानक राजमार्ग भासियो। कसैले दायाँ जाऊ भने, कसैले बायाँ, कसैले फर्कौं भने, कसैले सडक पुरेर जाऊ भने। अन्तमा सडक पुर्ने कामको नेतृत्व अध्यक्ष कमरेडले गर्नुभयो। अब हामी सबैले मिलेर पुरेको बाटोबाट अघि बढ्छौँ,’ उनले भने। भट्टराईले अब पार्टीभित्रको बहसलाई आरोप–प्रत्यारोपमा सीमित नगरी संगठन पुनर्निर्माण र जनतासँगको सम्बन्ध बलियो बनाउने परिणाममुखी अभियानमा बदल्नुपर्ने बताए।

उनले एमालेको सबैभन्दा ठूलो चुनौती नयाँ पुस्तासँगको दूरी भएको बताए। राष्ट्रिय जीवनका हरेक क्षेत्रमा युवाको भूमिका निर्णायक बन्दै गए पनि पार्टीको उपस्थिति त्यहाँ कमजोर भएको भन्दै युवालाई आकर्षित गर्ने कार्यक्रमलाई संगठनको केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो। सामाजिक सञ्जालमा एमालेविरुद्ध फैलिएका भ्रम र गलत सूचनाको समयमै प्रतिवाद गर्न नसक्दा जनमतमा असर परेको भन्दै भट्टराईले अब डिजिटल माध्यमलाई राजनीतिक अभियानकै महत्वपूर्ण मोर्चाका रूपमा लिनुपर्ने बताए।राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ता निर्णायक रूपमा आयो, हामी त्यहाँ पातलिएका छौँ। हाम्रो उपस्थिति बाक्लो बनाउन युवा आकर्षणको कार्यक्रम अपरिहार्य छ,’ उनले भने।

भट्टराईले अबको बाटो स्पष्ट रहेको भन्दै एकता, संगठन सुदृढीकरण, युवा आकर्षण र जनसम्बन्ध विस्तारलाई एउटै अभियानमा जोडेर एमाले पुनःजनताबीच बलियो रूपमा स्थापित हुनुपर्ने बताए। ‘बाटो पुरिएको छ, अब अलमलिने होइन—त्यही बाटोबाट अगाडि बढ्ने हो,’ उनको सन्देश थियो।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ९ : १२ बजे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

प्रदेश र स्थानीय तह मिलेर अघि बढे मात्रै समृद्धिको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार