काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले तारकेश्वर नगरपालिका–३, ठुलागाउँस्थित मातृ नेपालका २०० जना विद्यार्थीलाई कपडा वितरण गरेको छ।
संविधान दिवसलाई सामाजिक सेवा तथा मानवीय सहयोगसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूलाई आवश्यक कपडा हस्तान्तरण गरिएको संगठनले जनाएको छ। सहयोग प्राप्त गरेपछि विद्यार्थीहरूको मुहारमा देखिएको खुसीले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै संगठनका महासचिव उमेश आचार्यले संविधान दिवसको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कपडा वितरण गरिएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने यस्ता गतिविधिले समुदायसँगको सम्बन्ध थप बलियो बनाउने उल्लेख गर्नुभयो।

कपडा वितरण कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङ, काभ्रेली युवा नेता जेनीस लामा र घनश्याम लामालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।








प्रतिक्रिया