२०८३, ९ कार्तिक सोमबार

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण


काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले तारकेश्वर नगरपालिका–३, ठुलागाउँस्थित मातृ नेपालका २०० जना विद्यार्थीलाई कपडा वितरण गरेको छ।

संविधान दिवसलाई सामाजिक सेवा तथा मानवीय सहयोगसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूलाई आवश्यक कपडा हस्तान्तरण गरिएको संगठनले जनाएको छ। सहयोग प्राप्त गरेपछि विद्यार्थीहरूको मुहारमा देखिएको खुसीले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै संगठनका महासचिव उमेश आचार्यले संविधान दिवसको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कपडा वितरण गरिएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिने यस्ता गतिविधिले समुदायसँगको सम्बन्ध थप बलियो बनाउने उल्लेख गर्नुभयो।

कपडा वितरण कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङ, काभ्रेली युवा नेता जेनीस लामा र घनश्याम लामालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  १ : ४३ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर