२०८३, २७ श्रावण बिहीबार

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो


काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तार भए पनि गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा भने गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष खुद नाफा १५.०२ प्रतिशतले घटेर ४६ करोड ५४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफामा गिरावट आए पनि कम्पनीको व्यवसायिक आधार भने थप बलियो बनेको छ। गत वर्ष खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ४७ अर्ब ६६ करोड रुपैयाँ थियो।

दाबी भुक्तानी ६२ अर्ब नाघ्यो

नेपाल लाइफले गत आर्थिक वर्षमा बीमितलाई ६२ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ५७ अर्ब ३७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले एक वर्षमै दाबी भुक्तानीमा उल्लेख्य वृद्धि गरेको हो। यसले कम्पनीको व्यवसायको आकारसँगै बीमितप्रतिको वित्तीय दायित्व पनि बढिरहेको देखाउँछ।

जीवन बीमा कोष २ खर्ब ७३ अर्ब

कम्पनीको दीर्घकालीन वित्तीय आधार मानिने जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ सञ्चित छ। गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा कायम भएको छ। समग्रमा, नेपाल लाइफको नाफामा दबाब देखिए पनि बीमा शुल्क आर्जन, दाबी भुक्तानी र जीवन बीमा कोषको बढ्दो आकारले कम्पनीको व्यवसायिक पहुँच र वित्तीय दायित्व दुवै विस्तार भइरहेको देखाउँछ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  २ : २० बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष