२०८३, ७ कार्तिक शनिबार

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो


काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय विस्तार भए पनि गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा भने गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष खुद नाफा १५.०२ प्रतिशतले घटेर ४६ करोड ५४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफामा गिरावट आए पनि कम्पनीको व्यवसायिक आधार भने थप बलियो बनेको छ। गत वर्ष खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ४७ अर्ब ६६ करोड रुपैयाँ थियो।

दाबी भुक्तानी ६२ अर्ब नाघ्यो

नेपाल लाइफले गत आर्थिक वर्षमा बीमितलाई ६२ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ५७ अर्ब ३७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले एक वर्षमै दाबी भुक्तानीमा उल्लेख्य वृद्धि गरेको हो। यसले कम्पनीको व्यवसायको आकारसँगै बीमितप्रतिको वित्तीय दायित्व पनि बढिरहेको देखाउँछ।

जीवन बीमा कोष २ खर्ब ७३ अर्ब

कम्पनीको दीर्घकालीन वित्तीय आधार मानिने जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ सञ्चित छ। गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा कायम भएको छ। समग्रमा, नेपाल लाइफको नाफामा दबाब देखिए पनि बीमा शुल्क आर्जन, दाबी भुक्तानी र जीवन बीमा कोषको बढ्दो आकारले कम्पनीको व्यवसायिक पहुँच र वित्तीय दायित्व दुवै विस्तार भइरहेको देखाउँछ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  २ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना