२०८३, १५ जेष्ठ शनिबार

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न


काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले नेपाल कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा राख्दै रिजालले २०४६ सालपछि पहिलोपटक आन्दोलन यति गम्भीर संकट, बहस र आत्ममूल्यांकनको चरणमा पुगेको उल्लेख गरेका हुन्। एमालेका चार र तत्कालीन माओवादीका दुई जना गरी छ जना प्रधानमन्त्री बनाइसकेको शक्ति आज प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाउनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

रिजालले वर्तमान प्रतिकूल अवस्थाबाट अनुकूलतामा फर्किन कम्तीमा तीनवटा आधारभूत प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्। उनका अनुसार पहिलो प्रश्न-पराजित मनोविज्ञान, भद्दा कमिटी संरचना, अव्यवस्थित संगठन प्रणाली, पुरानै चिन्तन र ‘म’ केन्द्रित कार्यशैलीलाई रूपान्तरण गर्न सक्छौं कि सक्दैनौं भन्ने हो।

दोस्रो, पार्टीभित्र सुधार, परिवर्तन र परिमार्जनको स्पष्ट घोषणा गर्दै जनतामा नयाँ आशा जगाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठाएका छन्।

तेस्रो, नयाँ पुस्ता (जेन-जी) ले सुन्न, बुझ्न र आत्मसात् गर्न सक्ने आधुनिक, आकर्षक र सान्दर्भिक पार्टीका रूपमा कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको धारणा छ।

रिजालले “चिन्ता मात्र होइन, चिन्तन गरौं” भन्दै आन्तरिक कमजोरीलाई स्वीकारेर सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले कम्युनिष्ट दर्शन उद्धृत गर्दै आन्तरिक कारण नै विकास वा विनाशको मुख्य कारक हुने उल्लेख गरेका छन्।

नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुआत पुष्पलाल श्रेष्ठ लगायतका नेताहरूको नेतृत्वमा वि.सं. २००६ साल वैशाख ९ गते भएको थियो। त्यसयता विभिन्न उतारचढाव पार गर्दै आएको आन्दोलन अहिले पुनः आत्मसमीक्षाको मोडमा पुगेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८३, ८ बैशाख बुधबार  १० : ३४ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण