काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार राति करिब ९ बजे असहज महसुस भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको हो।
चिकित्सकका अनुसार अस्पताल ल्याइँदा उहाँको रक्तचाप उच्च देखिएको थियो। साथै पेटमा ग्यासको समस्या पनि देखिएपछि थप परीक्षण र निगरानीमा राखिएको अस्पतालले जनाएको छ। वरिष्ठ कार्डियोलोजिस्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था अहिले सामान्य र स्थिर रहेको छ। प्रारम्भिक परीक्षण रिपोर्टहरू सामान्य आएका छन् भने केही थप रिपोर्ट आउन बाँकी छ। उहाँलाई भीआईपी क्याबिनमा राखेर चिकित्सकीय निगरानी जारी राखिएको छ।








प्रतिक्रिया