२०८३, २० आश्विन बुधबार

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव


काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यले पाकिस्तान मार्फत शान्ति प्रस्ताव अघि सारेको छ।

इरानको सरकारी समाचार इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार, अमेरिकी पक्षबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि तेहरानले आफ्नै सर्तसहित नयाँ प्रस्ताव पठाएको हो। बिबिसिले पनि यस विषयलाई पुष्टि गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई समयसीमा दिएका थिए। उक्त समयसीमा सकिनुअघि नै इरानले शान्ति पहल अघि सारेको हो। ट्रम्पले चेतावनी दिँदै, मार्ग नखुले इरानका पूर्वाधार जस्तै विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाइने बताएका थिए।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाई ले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भएको पुष्टि गरे। तर उनले अमेरिकी १५ बुँदे प्रस्ताव अस्वीकार गरिएको स्पष्ट पारे।

इरानले पठाएको १० अनुच्छेदीय प्रस्तावमा तत्काल युद्धविरामको अवधारणालाई ‘विगतका अनुभव’का आधारमा अस्वीकार गर्दै दीर्घकालीन र स्थायी समाधानमा जोड दिइएको छ। प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन सुनिश्चितता, युद्धपछिको पुनर्निर्माण तथा आर्थिक प्रतिबन्ध हटाउने मागहरू समावेश छन्।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १० : ०४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि