२०८३, २९ असार मंगलबार

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे


काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको छ। पछिल्लो हेरफेरसँगै गृहमन्त्री सुधन गुरुङ दुई स्थान तल झर्दै पाँचौं नम्बरमा पुगेका छन्।

यसअघि तेस्रो स्थानमा रहेका गुरुङको स्थान परिवर्तन हुँदा नयाँ समीकरण स्पष्ट देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पछि अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो वरियतामा यथावत रहेका छन्।

नयाँ सूचीअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा छन्। त्यसपछि गृहमन्त्री गुरुङ पाँचौं नम्बरमा राखिएका छन्।

छैटौं स्थानमा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल, सातौंमा कानुनमन्त्री सोविता गौतम रहेकी छन्।

त्यसपछिको क्रम पनि पुनःसंरचना गरिएको छ, जसमा सीता बादी, प्रतिभा रावल, निशा मेहता, सस्मित पोखरेल लगायतका मन्त्रीहरू क्रमशः सूचीकृत छन्।

यसैगरी खडक राज पौडेल १२औं स्थानमा रहेका छन् भने डा. विक्रम तिमिल्सिना र गीता चौधरी त्यसपछि छन्। अन्तिम वरियतामा श्रममन्त्री दिपक कुमार साह कायम छन्।

सरकारले औपचारिक कारण नखुलाए पनि यसलाई मन्त्रिपरिषद्‌भित्र कार्यसम्पादन, प्रभाव र समन्वयलाई पुनःसन्तुलन गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १ : ३० बजे

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका