२०८२, २३ चैत्र मंगलबार

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा


न्यूयोर्क । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले इरानसँगको युद्ध र त्यसको प्रक्रियाप्रति असहमति जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

केन्टले सामाजिक सञ्जालमार्फत् जारी गरेको पत्रमा राष्ट्रपति डोनाल्ड ट्रम्प लाई आफ्नो नीति परिवर्तन गर्न आग्रह गर्दै भनेका छन् कि इरान अमेरिकाका लागि तत्काल खतरा होइन र प्रशासनले इजरायल तथा शक्तिशाली अमेरिकी लबीको दबाबमा युद्ध सुरु गरेको हो।

४५ वर्षीय केन्ट अमेरिकी विशेष बल र सिआइए (CIA) मा काम गरिसकेका अनुभवी अधिकारी हुन्। उनले युद्धले अमेरिकी जनताको जीवन र राष्ट्रको सम्पत्तिलाई जोखिममा पारेको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले भनेका छन्, “म अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्दिनँ। यसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन।”

केन्टकी पत्नी श्यानन केन्ट पनि अमेरिकी नौसेनामा कार्यरत थिइन् र सन् २०१९ मा सिरियामा आत्मघाती आक्रमणमा मृत्यु भएकी थिइन्। राजीनामा दिने क्रममा ट्रम्प प्रशासनका अन्य वरिष्ठ अधिकारीहरू पनि पदबाट बाहिरिसकेका छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  १० : ०५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि