२०८३, ७ कार्तिक शनिबार

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र प्रशासनिक तहमा गम्भीर चासो उत्पन्न गरेको छ।

सामाजिक सञ्जालमा पुस्तक जलाइएको भिडियो सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराउँदै घटनामा संलग्नमाथि आवश्यक कारबाहीको माग गरेको छ।

विश्वविद्यालय प्रशासनका अनुसार शनिबार राति सरसफाइका क्रममा स्टोरमा राखिएका केही पुस्तक जलाइएको हो। उपकुलपति सुभाषश्री पोखरेलले पानीले भिजेका र धमिराले बिग्रिएका पुस्तक मात्रै नष्ट गरिएको दाबी गर्दै नियतवश पुस्तक जलाइएको नभएको स्पष्ट पारेका छन्। उनका अनुसार प्रयोगयोग्य पुस्तकहरू अझै सुरक्षित रूपमा राखिएका छन्।

ती पुस्तकहरू मनमोहन स्मृति प्रतिष्ठानमार्फत विभिन्न संघसंस्था तथा क्लबमा वितरणका लागि ल्याइएको बताइएको छ। केही पुस्तक वितरण भइसकेका र बाँकी स्टोरमा राखिएका थिए।

यता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनालाई गम्भीर रूपमा लिँदै २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न विश्वविद्यालयलाई निर्देशन दिएका छन्। “कति पुस्तक जले, कुन अवस्थाका पुस्तक जले भन्नेबारे यकिन विवरण आउन बाँकी छ, अनुसन्धान जारी छ,” उनले बताएका छन्।

घटनाले शैक्षिक संस्थामा सामग्री व्यवस्थापन, कूटनीतिक संवेदनशीलता तथा अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलनबारे नयाँ बहस समेत सुरु गराएको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  १ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना