सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरेका छन्।
दाहाल सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसदसमेत हुन्। यसअघि माओवादीको बलियो आधार क्षेत्र मानिँदै आएको सिन्धुली–२ मा यसपटक भने रास्वपाले विजय हात पारेको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार मनोजजंग थापा ११ हजार ६०६ मतसहित तेस्रो स्थानमा रहे।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सुशीला थिङ ले ६ हजार ७६० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेकी छन्।
यसैबीच स्वतन्त्र उम्मेदवार महेश्वर दाहाल ले ५ सय ८६ मत प्राप्त गरेका छन्।






प्रतिक्रिया