भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली बाजादेखि दमाहा बजिरहेको थियो । सुकुम्वासी बस्तीमा ठूलै बिवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरि हातहातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो ।
केहीबेरमै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एमालेका सचिव महेश बस्नेतको आगमन भयो । तब बाजा र भीड त्यतै मोडियो र नारा लाग्यो, ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ, मनोहरा बस्ती के भन्छ, महेश बस्नेत ले भन्छ ।’
मनोहराको सुकुम्वासी बस्तीको आँगनमा बनाईएको ठूलो सूर्य, त्यही वरिपरि बसेर १४ जनाले एमाले प्रवेशको घोषणा गरे । जीवनभर एमालेमा रहने र फागुन २१ को निर्वाचनमा महेश बस्नेतलाई विजयी बनाउन १४ जनाले पार्टी प्रवेश गरेका थिए ।
पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले टीका र फूल लगाईदिएपछि नता महेश बस्नेतले खादा ओढाएर पार्टी प्रवेश गराएसंगै बस्तीको माहौल झन तिब्र र उत्साहित बन्यो ।
त्यसपछि बस्तीमा अगाडि अगाडि बाजा, पछि पछि नेता बस्नेतको र्याली । भव्य रुपमा सुकुम्वासी बस्तीमा पुरै अवलोकन गरि भोट माग्नु भएको थियो । त्यस क्रममा स्थानीयका माझ महेश बस्नेतले भन्नुभयो, ‘सुकुम्वासी बस्तीका समस्या मेरो पनि समस्या हो, यहाँको समस्या समाधानका लागि म प्रतक्ष्य जोडिएको छु, त्यसैले विगतमा गरेका काम अपुग भएमा भन्न आग्रह गर्दछु ।’
यसो भन्छन् सुकुम्वासी बस्तीका बासिन्दाहरु :
गोमा तिवारी : हामी गरिबका लागि सहयोग गर्ने पार्टी एमाले बाहेक अरु कुनै छन । हाम्रा लागि गर्यो भने एमालेले गर्छ, नत्र अरु कसैले सुकुम्वासीको समस्या समाधान गर्न खाज्दैन । अरुले आएर त नाक ठड्याउने मात्रै हो, केही गर्दैनन् ।
जतिबेला बालेनको डोजर आउँछ, त्यतिबेला महेश बस्नेत र एमाले खडा हुन्छ । वर्षामा बाढी आएर बस्ती भित्र पस्छ, बाढीले बस्ती डुबाउँदा पानी खोल्न डोजर महेश बस्नेतले पठाउँछ, महेश त हाम्रो कान्छो छोरा भने पनि हुन्छ । महेशले सुकुम्वासीका लागि त्यति धेरै गरेको छ ।
भूकम्प आयो सबभन्दा पहिला राहत बोकेर खाद्यान्न बाड्न महेश नै आँको छ । महेश त हाम्रो लागि विपदको सारथी हो, त्यसैले यहाँको बस्तीको सबै भोट महेश बस्नेतलाई नै जान्छ ।
शान्ति लामा : यहाँको सुकुम्वासी बस्तीमा पहिला त धेरै नै समस्या थियो । हरेक वर्ष सबैभन्दा ठूलो समस्या बाढीको समस्या थियो, वर्षैनी बस्तीमा बाढी पस्थ्यो । वर्षामा बाढी पस्थ्यो, ज्यान जोगाउँनै गाह्रो थियो । त्यो बाढीका जोखिमबाट महेश बस्नेतले हामीलाई मुक्त गराइदिनु भयो । २०७९ सालमा ठूलो बाढी पस्यो, बस्ती नै धरापमा पार्यो, त्यस पछि पनि बाढी पस्थ्यो । त्यसपछि महेश बस्नेतले बजेट ल्याएर मनोहरा खालामा ठूलो पर्खाल लगाईदिए पछि बाढीको ठूलो जोखिम मुक्त भएको छ ।२०७९ मा ठूलो बाढी पसेर धेरै क्षति पुर्याउँदा हामीले उहाँसंग नै हार गुहार गरेका थियौ । हामीलाई पिवद पर्दा जति खेर पनि उहाँलाई नै गुहार्ने गथ्र्यौ । जुनसुकै बेला विपदमा सहयोग गर्नु भएको छ, त्यसैले उहाँलाई जिताएर पठाउन पाए हुन्थ्यो भनेर हामी लागेका छौं ।
स्थानीय माहिली : सूर्यलाई भोट किन भने महेश बस्नेतले हामीलाई अहिलेसम्म हेर्दै आउनु भएको छ । हाम्रो समस्यामा साथ दिदै आउन भएको छ । यहाँ डुब्छ, उहाँ खोलिदिनु हुन्छ । उहाँकै पार्टीले बृद्धभत्ता दिन सुरु गरेको छ, अझै बढाउनु हुन्छ । उहाँलाई जिताएर पठाउन पाए हामीले लालपुर्जा पाउँछौं । उहाँले यो भन्दा अघिल्ला्े पटक नजिते पनि धेरै हेर्नु भएको छ, बाढी पस्दा हामी मथ्र्यौं उहाँल्े डोजर पठाएर बचाउनु भयो । सुकुम्वासीका लागि उहाँले जति अरु कसैले गरेको छैन । त्यसैले भोट हाल्दा हाम्रो हात सूर्य बाहेक अन्त जादैन, उहाँलाई यस पटक जिताउने नै हो ।
पार्टी प्रवेश गरेका बस्तीका युवा नुवा तामाङ्ग : यो सुकुम्वासी बस्तीमा समस्याहरु त छन् नी तर कसैले सुन्दैन, बुझ्दैन, हामी बस्तीका मानिसको समसया अहिलेसम्म सुन्दै आएको महेश बस्नेतले मात्रै हो । हामी भुराभुरीदेखि नै महेश बस्नेत भनेर हिडेको हुँ, यसवर्ष मेरो पहिलो भोट महेश बस्नेतको लागि हो, अब म नमरुन्जेल महेश बस्नेतको लागि नै हो र उहाको लागि नै हिड्छु । भोट उहाँलाई नै दिन्छु ।





प्रतिक्रिया