सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापतिको घरबाट तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
क्षेत्र नंं १ अर्न्तगत पर्ने तिनपाटन गाउँपालिका कमिटीका रास्वपा सभापति धिरेन तामाङका बाबु ठगलाल तामाङले आफ्नै भाईको घरमा लुकाएर राख्न लगाएको तीन थान भरुवा बन्दुक हिजो साँझ ७ बजे इलाका प्रहरी कार्यालय डकाहाले बरामद गरेको र मानिस भने पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ ।
प्राप्त बिबरण अनुसार प्रहरीले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरी लंगुरखोला स्थित रास्वपा सभापतिको घरमा पुगेको थियो । प्रहरी घरमा आएपछि घरमुलीहरु फरार भएको बताइएको छ ।
डकाहा प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको र अबैध रुपमा हतियार राख्नेहरुमाथि कानूनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
स्मरणीय छ प्रतिनिधीसभा सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढेसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त गरेका र अबैद्य रुपमा राखिएका हातहतियार एकसाता भित्र बुझाउन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
निर्वाचनकमा कारगारबाट भागेका कैदी र लटिएका हातहतियार सुरक्षा खतरा भन्दै गृहमन्त्रालयले बिबरण सार्वजनिक गरेको अबस्थामा रास्वपा पालिका सभापतिकै बाबुले राख्न दिएको तीन थान भरुवा बन्दुक प्रहरीले एकै ठाउँबाट बरामद गरेको बिबरण सार्वजनिक भएको हो ।






प्रतिक्रिया