२०८२, २३ चैत्र मंगलबार

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ


नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो संकटको समाधान अराजक दबाब, समानान्तर संरचना वा भावनात्मक नाराबाट होइन , विधान, जिम्मेवारी र राजनीतिक अनुशासनबाट मात्रै सम्भव छ। यही सन्दर्भमा सभापति शेरबहादुर देउवामाथि लक्षित “चुनाव लड्न नपाउने” र “हस्ताक्षर नचल्ने” जस्ता अडानहरू लोकतान्त्रिक अभ्यासभन्दा बढी राजनीतिक हतारो र असहिष्णुताको उदाहरण बनेका छन्।

शेरबहादुर देउवा कुनै आकस्मिक रूपमा सभापति बनेका नेता होइनन्। उनी पार्टीको विधिसम्मत महाधिवेशनबाट निर्वाचित नेतृत्व हुन्। विधानले दिएको अधिकार, दायित्व र वैधता कुनै समूहको दाबी वा बहुमतको अपुष्ट घोषणाले स्वतः समाप्त हुँदैन। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको एउटै वैध बाटो छ, विधानअनुसारको महाधिवेशन।

विशेष महाधिवेशनका नाममा समानान्तर संरचना खडा गर्नु, औपचारिक नेतृत्वको हस्ताक्षर अमान्य घोषणा गर्नु र पार्टी संस्थालाई कमजोर बनाउने अभ्यास कांग्रेसको इतिहास र संस्कारसँग मेल खाँदैन। यसले नेतृत्व परिवर्तनभन्दा बढी संगठनात्मक अव्यवस्था र विभाजनको खतरा निम्त्याउँछ। राजनीति सुधारको नाममा अराजकता स्वीकार्य हुँदैन।

देउवामाथि आलोचना हुन सक्छ, बहस हुन सक्छ-र हुनैपर्छ। तर आलोचनाको जवाफ बहिष्कार र दबाब होइन, संवाद र संस्थागत प्रक्रिया हो। देउवा नेतृत्वले पटक-पटक संवादको आह्वान गरेको छ, सहमतिको प्रयास गरेको छ। विशेष पक्षले पनि जिम्मेवार शक्ति भएर पार्टीभित्रै समाधान खोज्नुपर्छ, पार्टीमाथि होइन।

कांग्रेसलाई आज आवश्यकता छ-स्थायित्वको, धैर्यको र राजनीतिक परिपक्वताको। सत्ता र संगठन दुवै तहमा जिम्मेवारी बोकेको नेतृत्वलाई कमजोर पारेर होइन, विधिसम्मत सुधार र आन्तरिक लोकतन्त्र सुदृढ गरेर पार्टी बलियो बन्छ।

इतिहासले साक्षी छ-कांग्रेस जब विधानभन्दा बाहिर गयो, तब सधैं कमजोर भयो। आज पनि विकल्प उही छ। व्यक्तिविरुद्धको आवेग होइन, विधानप्रतिको प्रतिबद्धतामार्फत कांग्रेसले यो संकट पार गर्न सक्छ। र त्यसको केन्द्रमा आज पनि विधिसम्मत सभापति शेरबहादुर देउवाकै भूमिका निर्णायक छ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  १० : ०७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि