२०८२, २२ चैत्र सोमबार

काठमाडौँमा नक्कली नोट कारोबार, प्रहरीको छापा

काठमाडौँमा नक्कली नोट कारोबार, प्रहरीको छापा


काठमाडौँ । काठमाडौँस्थित बौद्ध बजारमा एक पसलमा जुत्ता र मोजा किन्न आएका ग्राहकले दिएको नोट नक्कली पाइएको छ। ग्राहकले १४,५०० रुपैयाँको सामान किन्दा १५ वटा हजार रुपैयाँका नोट दिएका थिए र ५०० रुपैयाँ फिर्ता लिए।

पसलले नोट नक्कली हुन सक्ने शङ्का गरेपछि प्रहरीलाई जानकारी गरायो। नेपाल प्रहरीले नोट परीक्षण गर्दा ती नक्कली ठहर गर्यो। सीसीटीभी फुटेजको सहायताले ग्राहकको खोजी गरिएको थियो।

खोजतलास क्रममा बुधवार साँझ काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा केही व्यक्तिहरू पक्राउ परेका छन्। उनीहरूसँग ९३ हजार रुपैयाँ मूल्यको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले बीबीसीसँग भने, “क्रेताले जुत्तामोजा किनेर केही पर राखेको गाडीमा चढेको पाएपछि अनुसन्धान अगाडि बढ्दै जाँदा छ जनालाई नक्कली नोट कारोबारमा पक्राउ गरिएको हो।”

प्रहरीले बजारमा व्यापार गर्दा नोटको पानीको चिन्ह, सुरक्षा धागो, प्रिन्टिङ गुणस्तर र रंगको भिन्नता जाँच्न आम नागरिकलाई सचेत गराएको छ।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ५ : २१ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर