२०८३, ७ कार्तिक शनिबार

काठमाडौँमा नक्कली नोट कारोबार, प्रहरीको छापा

काठमाडौँमा नक्कली नोट कारोबार, प्रहरीको छापा


काठमाडौँ । काठमाडौँस्थित बौद्ध बजारमा एक पसलमा जुत्ता र मोजा किन्न आएका ग्राहकले दिएको नोट नक्कली पाइएको छ। ग्राहकले १४,५०० रुपैयाँको सामान किन्दा १५ वटा हजार रुपैयाँका नोट दिएका थिए र ५०० रुपैयाँ फिर्ता लिए।

पसलले नोट नक्कली हुन सक्ने शङ्का गरेपछि प्रहरीलाई जानकारी गरायो। नेपाल प्रहरीले नोट परीक्षण गर्दा ती नक्कली ठहर गर्यो। सीसीटीभी फुटेजको सहायताले ग्राहकको खोजी गरिएको थियो।

खोजतलास क्रममा बुधवार साँझ काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा केही व्यक्तिहरू पक्राउ परेका छन्। उनीहरूसँग ९३ हजार रुपैयाँ मूल्यको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले बीबीसीसँग भने, “क्रेताले जुत्तामोजा किनेर केही पर राखेको गाडीमा चढेको पाएपछि अनुसन्धान अगाडि बढ्दै जाँदा छ जनालाई नक्कली नोट कारोबारमा पक्राउ गरिएको हो।”

प्रहरीले बजारमा व्यापार गर्दा नोटको पानीको चिन्ह, सुरक्षा धागो, प्रिन्टिङ गुणस्तर र रंगको भिन्नता जाँच्न आम नागरिकलाई सचेत गराएको छ।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ५ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना