२०८२, २२ पुस मंगलबार

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने


काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

यससम्बन्धी ऋण सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन्। अर्थ मन्त्रालयका अनुसार उक्त सहायता नीतिमा आधारित ऋणका रूपमा प्रदान गरिएको हो।

ऋणको ग्रेस अवधि ८ वर्ष र कुल भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यस ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत कायम रहनेछ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्माले यो कार्यक्रमले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन सुधार, बजेट निर्माण र कार्यान्वयन प्रभावकारी बनाउने तथा अन्तरसरकारी स्रोत व्यवस्थापनलाई मजबुत बनाउने उद्देश्य राखेको बताए।

एडीबीका निर्देशक कुश्वा र अर्थ सचिव उपाध्यायले नेपाल–एडीबी सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार यस ऋण सहयोगले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग, वित्तीय अनुशासन कायम, बजेट तथा खर्च व्यवस्थापन सुधार, स्थानीय सरकारको सबलीकरण र समग्र विकास परिणामलाई नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  २ : ३५ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय