२०८२, ५ चैत्र शुक्रबार

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने


काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

यससम्बन्धी ऋण सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन्। अर्थ मन्त्रालयका अनुसार उक्त सहायता नीतिमा आधारित ऋणका रूपमा प्रदान गरिएको हो।

ऋणको ग्रेस अवधि ८ वर्ष र कुल भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यस ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत कायम रहनेछ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्माले यो कार्यक्रमले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन सुधार, बजेट निर्माण र कार्यान्वयन प्रभावकारी बनाउने तथा अन्तरसरकारी स्रोत व्यवस्थापनलाई मजबुत बनाउने उद्देश्य राखेको बताए।

एडीबीका निर्देशक कुश्वा र अर्थ सचिव उपाध्यायले नेपाल–एडीबी सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार यस ऋण सहयोगले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग, वित्तीय अनुशासन कायम, बजेट तथा खर्च व्यवस्थापन सुधार, स्थानीय सरकारको सबलीकरण र समग्र विकास परिणामलाई नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  २ : ३५ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३