२०८२, २५ पुस शुक्रबार

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा एक जनालाई ग्यास गनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिँदा एक ग्यास गन, एक मोबाइल, र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड बरामद भएको छ। ग्यास गन प्रायः भीड नियन्त्रणमा प्रयोग गरिन्छ र यसले अश्रुग्यास फ्याँक्न सक्छ।

प्रहरीले विशेष सूचनाको आधारमा खटिएको टोलीले ढुंगानालाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। प्रहरीका अनुसार भदौ २४ गते देशभरि १,२०० भन्दा बढी हातहतियार लुटिएका थिए। यसमध्ये अधिकांश हतियार फिर्ता भइसकेको बताइएको छ, यद्यपि सुरक्षा निकाय र गृह मन्त्रालयले यकिन तथ्यांक सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  ५ : ३० बजे

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र