२०८३, १० कार्तिक मंगलबार

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो।

यसअघि पाठकले बस्नेतविरुद्ध बलात्कार आरोपसहित दिएको जाहेरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध उनी उच्च अदालत पुगेकी थिइन्।

पछि पाठकले बलात्कार र भ्रूण हत्यासम्बन्धी पूरक जाहेरी पनि दिएकी थिइन्। त्यसमा समेत सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि पुनः दायर गरिएको रिटमा अदालतले हस्तक्षेप आवश्यक नदेखिएको ठहर गरेको हो। पूरक जाहेरीसम्बन्धी प्रक्रिया जिल्ला अदालत काठमाडौंबाट अघि बढिरहेको देखिएकाले परमादेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतको निष्कर्ष छ।

यससँगै बस्नेतविरुद्ध दायर गरिएको उक्त रिट दोस्रो पटक पनि खारेज भएको छ। यो आदेशपछि उक्त प्रकरणको थप कानुनी प्रक्रिया जिल्ला अदालतमा चलिरहेको मुद्दाको प्रगतिमा निर्भर रहने देखिएको छ।

प्रकाशित मिति : २०८२, १७ चैत्र बुधबार  ७ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा