२०८२, २० मंसिर शनिबार

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण


बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, धनगढीबाट बिहान १० बजे उडेको श्री एअरलाइन्सको फलाइट नम्बर २२२ लाई काठमाडौं पुग्ने क्रममा हाइड्रोलिक फेलियर समस्या देखिएपछि सुरक्षित अवतरणका लागि भैरहवामा अवतरण गराइएको हो।

हाइड्रोलिक प्रणाली बिग्रिएपछि विमान रनवेबाट गुड्न नसकेकाले करिब ४० मिनेटसम्म अन्य उडानहरू अवरुद्ध भएका थिए। आकस्मिक अवतरणपछि विमानका ८२ जना यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको र उनीहरूलाई काठमाडौं पुर्‍याउन अर्को विमान पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ। अवतरणको क्रममा विमानको अगाडिको ल्याण्डिङ गियर नखुलेको कारण विमान केही समय धावनमार्गमै रोकिएको थियो। पछि करिब साढे १२ बजे ल्यान्डिङ गियर खुलेपछि विमानलाई ट्रमिनल क्षेत्रको पार्किङमा सारिएको र अहिले विमानस्थल पुनः सञ्चालनमा आएको जानकारी दिइएको छ।

विमानको प्राविधिक निरीक्षणका लागि अहिले इन्जिनियरिङ टोली भैरहवामा खटिएको छ। श्री एअरलाइन्सका प्रवक्ताले पाइलट र चालक दलले संयमता र दक्षता प्रदर्शन गरी यात्रुहरूको ज्यान सुरक्षित राख्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। यस घटनापछि विमानस्थलमा केही समय त्रासको वातावरण सिर्जना भए पनि हाल स्थिति सामान्य भएको र नियमित उडानहरू पुनः सञ्चालनमा आएका छन्।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  १ : ३५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको