२०८२, २६ फाल्गुन बुधबार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल


काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज बिहान हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट लुबुचे गइरहेको अल्टिच्युट एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहानको समयमा लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचेमा अवतरणको तयारी गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो। हेलिकप्टरमा पाइलट मात्र सवार रहेको र उनी सकुशल उद्दार गरिएको जानकारी शेर्पाले दिएका छन्। दुर्घटनाबाट ठूलो क्षति नभए पनि हेलिकप्टरमा सामान्य क्षति पुगेको बताइएको छ।

लोबुचे र लुक्ला क्षेत्रमा हाल मौसमी हावा र दृश्यता घट्ने अवस्था रहेकाले उडान चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको Civil Aviation Authority (CAAN) ले जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १० : ३३ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल