२०८२, २६ पुस शनिबार

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न


काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ पर्वले आज बिहान काठमाडौंको गौरीघाटमा विशेष रौनक पायो।

सूर्यदेवलाई सम्पूर्ण शक्तिको स्रोत मानेर मनाइने यो पर्वका अवसरमा गौरीघाटमा करिब ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएका थिए, जहाँ करिब पाँच लाखभन्दा बढी भक्तजनले पूजा आराधना गरेका थिए।

धार्मिक परम्पराअनुसार, उदाउँदो सूर्यलाई गाईको दूध, फूल र शुद्ध जल अर्पण गरी अर्घ्य दिएपछि छठ सम्पन्न हुने मान्यता छ। बिहानैदेखि श्रद्धालुहरू लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्दै अर्घ्य अर्पण गरेका थिए।

यसरी बिहानको पूजालाई भिन्सरघाट भनिन्छ, जसमा सूर्योदयकालमै अर्घ्य दिइन्छ।
धार्मिक विश्वास अनुसार पृथ्वीका सबै जीवको सञ्चालन र संरक्षण जल र सूर्यबाट हुने भएकाले नदीलाई ‘माता’ र सूर्यलाई ‘शक्ति’को स्रोतका रूपमा मानेर पूजा गर्ने गरिन्छ।

तराई-मधेशसहित काठमाडौं उपत्यकाका विभिन्न भागमा उल्लासपूर्वक मनाइएको यो पर्व पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा विशेष रूपमा देखिएको थियो।
गौरीघाटमा उदाउँदो सूर्यको सुनौलो किरणसँगै श्रद्धा, आस्था र उल्लासको त्यो दृश्य अपूर्व थियो — जससँगै यस वर्षको छठ पर्व भक्तिपूर्वक समापन गरिएको छ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  १० : ४८ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको