२०८२, २६ पुस शनिबार

रुकुम पश्चिममा जीप दुर्घटना : आठ जनाको मृत्यु, दस जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना : आठ जनाको मृत्यु, दस जना घाइते


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, रा१ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गर्दा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सल्लेस्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो।

मृतकमा आठबिसकोट नगरपालिका-३ की कमला वली (३० वर्ष), वडा नम्बर १ का टेकजंग बुढा (१६ वर्ष), दिलमाया बुढा (१५ वर्ष), कल्पना नेपाल (१५ वर्ष), सर्मिला बिक (२८ वर्ष), वडा नम्बर २ की मनिका वली (१७ वर्ष), सर्मिला बिक (१८ वर्ष) र गोपाल वली (२२ वर्ष) रहेका छन्।

घाइते हुनेमा जीप चालक टोपजंग बुढा (३४ वर्ष) सहित सिर्जना बुढा (१७), सपना नेपाल (१५), जुना बुढा (१८), संगिता बुढा (१७), शान्ति बुढा (१९), अञ्जना ऐरी (१७), महिमा ओली (२०), मनिषा थापा (१७) र सबिता बिक (१५) रहेका छन्। घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेका थिए। अत्यधिक भार र जोखिमपूर्ण सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार कार्य गरेका थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शनिबार  ८ : ४१ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको