२०८२, १८ चैत्र बिहीबार

चर्चित गायिका नितु पौडेलको मृत्यु

चर्चित गायिका नितु पौडेलको मृत्यु


काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, नितु पौडेलको मृत्यु शुक्रबार बिहान साढे ८ बजे भएको हो। गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। आत्मदाहका क्रममा गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको ज्यान बचाउन प्रयास गरियो तर उनी बच्न सकिनन्।

यस घटनामा प्रहरीले गायक बाबुल गिरीलाई पनि बोलाएर सोधपुछ गरेको थियो। हाल गिरी प्रहरीको सम्पर्कमा रहेको एसपी भट्टराईले जानकारी दिए। यद्यपि, गिरीविरुद्ध कुनै जाहेरी हालसम्म दर्ता भएको छैन। नितु पौडेलको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनका परिवारजन र साथीहरूले उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ७ कार्तिक शुक्रबार  १ : ३४ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर