२०८२, १८ चैत्र बिहीबार

आजको मौसम अपडेट : देशभर सफा मौसम

आजको मौसम अपडेट : देशभर सफा मौसम


काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका पहाडी भू-भागहरूमा मौसम सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई र अन्य भू-भागमा मुख्यतया सफा मौसम रहनेछ।

आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान गरिएको छ। पछिल्ला केही दिनदेखि देशभर वर्षा वा तुफानजस्ता मौसमी गतिविधि नदेखिएको र हावापानी स्थिर रहेको महाशाखाले जनाएको छ।

सफा मौसमका कारण हवाई उडान, यातायात र दैनिक जनजीवनमा सहजता रहने अपेक्षा गरिएको छ। तर, बिहान र बेलुकीको समयमा कतिपय पहाडी स्थानमा हल्का कुहिरो देखिन सक्ने महाशाखाले सम्भावना जनाएको छ।

प्रकाशित मिति : २०८२, १ कार्तिक शनिबार  १० : ०७ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर