२०८२, ५ फाल्गुन मंगलबार

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो


काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीलाई ठूलो क्षति र चुनौती सामना गर्नुपरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

७० औँ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरी बललाई यस आन्दोलनले अत्यन्त ठूलो दबाब र जोखिममा पुर्‍याएको छ। प्रहरी जवानहरूले असम्भव परिस्थितिमा पनि आफ्नो कर्तव्य निभाएका छन्।”

मन्त्री अर्यालले आन्दोलनका क्रममा केही उछृङ्खल व्यक्तिहरूले सडकमा सुरक्षा व्यवस्था भंग गरेको तर प्रहरी जवानहरूले धैर्य, साहस र अनुशासन देखाउँदै जनताको सुरक्षा कायम राखेको बताए।

उनले थपे, “अभाव र दबाबका बाबजुद प्रहरी बलले भूमिका निभाएको छ। मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा हो।” गृहमन्त्रीले प्रहरीलाई आवश्यक साधन र स्रोत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै भने, “प्रविधिको द्रुत विकासले नयाँ प्रकारका अपराध जन्माएको छ। त्यसकारण अनुसन्धान र सुरक्षा कार्य थप चुनौतीपूर्ण भएको छ, तर हामी प्रहरी बललाई सक्षम बनाउन तत्पर छौँ।”

यो कार्यक्रम प्रहरीको समर्पण, साहस र देशभक्तिको सम्मानमा आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  १० : २८ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा