२०८२, २ चैत्र मंगलबार

उरुग्वेले कानूनी मान्यता दियो इच्छामृत्युलाई, दक्षिणपन्थी दलको विरोध

उरुग्वेले कानूनी मान्यता दियो इच्छामृत्युलाई, दक्षिणपन्थी दलको विरोध

वामपन्थी दलको प्रस्तावमा


मोन्टेभिडियो । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ। यससँगै उरुग्वे लाटिन अमेरिकामा इच्छामृत्युलाई कानूनी मान्यता दिने पहिलो देश बनेको छ र विश्वभरका करिब एक दर्जन देशमध्ये एक भएको छ।

सिनेटमा भएको मतदानमा ३१ मध्ये २० सांसदले विधेयक समर्थन गरेका थिए। यसअघि तल्लो सदनले विधेयक अनुमोदन गरिसकेको थियो। करिब १० घण्टासम्म चलेको बहस गम्भीर र भावनात्मक रहेको बताइएको छ।

उरुग्वेले यसअघि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको थियो। अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि वैध भएको हो।

सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो भने धार्मिक दक्षिणपन्थी समूहहरूले कडा विरोध गरेका छन्। क्याथोलिक चर्चले निर्णयप्रति “जीवन पवित्र हो र यसको अन्त्य स्वीकार्य छैन” भन्दै गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

हालैको सर्वेक्षण अनुसार देशका ६० प्रतिशत नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले विरोध गरेका छन्। नयाँ कानूनअनुसार वयस्क नागरिक वा स्थायी बासिन्दा, जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन्, चिकितक सहयोगमा जीवन अन्त्य गर्न सक्नेछन्।

इच्छामृत्युप्रति व्यक्तिगत अनुभव साझा गर्दै समर्थकहरूले भने, “यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो,” र बिरामीको असह्य पीडालाई अन्त्य गर्ने अधिकार सुनिश्चित भएकोमा खुशी व्यक्त गरेका छन्।

यस कदमसँगै उरुग्वेले मानव मर्यादाको सवालमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ९ : २६ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका