२०८२, १ कार्तिक शुक्रबार

उरुग्वेले कानूनी मान्यता दियो इच्छामृत्युलाई, दक्षिणपन्थी दलको विरोध

उरुग्वेले कानूनी मान्यता दियो इच्छामृत्युलाई, दक्षिणपन्थी दलको विरोध

वामपन्थी दलको प्रस्तावमा


मोन्टेभिडियो । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ। यससँगै उरुग्वे लाटिन अमेरिकामा इच्छामृत्युलाई कानूनी मान्यता दिने पहिलो देश बनेको छ र विश्वभरका करिब एक दर्जन देशमध्ये एक भएको छ।

सिनेटमा भएको मतदानमा ३१ मध्ये २० सांसदले विधेयक समर्थन गरेका थिए। यसअघि तल्लो सदनले विधेयक अनुमोदन गरिसकेको थियो। करिब १० घण्टासम्म चलेको बहस गम्भीर र भावनात्मक रहेको बताइएको छ।

उरुग्वेले यसअघि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको थियो। अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि वैध भएको हो।

सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो भने धार्मिक दक्षिणपन्थी समूहहरूले कडा विरोध गरेका छन्। क्याथोलिक चर्चले निर्णयप्रति “जीवन पवित्र हो र यसको अन्त्य स्वीकार्य छैन” भन्दै गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

हालैको सर्वेक्षण अनुसार देशका ६० प्रतिशत नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले विरोध गरेका छन्। नयाँ कानूनअनुसार वयस्क नागरिक वा स्थायी बासिन्दा, जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन्, चिकितक सहयोगमा जीवन अन्त्य गर्न सक्नेछन्।

इच्छामृत्युप्रति व्यक्तिगत अनुभव साझा गर्दै समर्थकहरूले भने, “यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो,” र बिरामीको असह्य पीडालाई अन्त्य गर्ने अधिकार सुनिश्चित भएकोमा खुशी व्यक्त गरेका छन्।

यस कदमसँगै उरुग्वेले मानव मर्यादाको सवालमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ।

प्रकाशित मिति : २०८२, १ कार्तिक शुक्रबार  ९ : २६ बजे

जेनजी आन्दोलनले प्रहरीलाई ठूलो चुनौती दियो: गृहमन्त्री अर्याल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

जेनजी आन्दोलनका क्षतिपूर्तिमा सुस्त भुक्तानी: नेपाल बीमा प्राधिकरणको बेथिति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी अझै

उरुग्वेले कानूनी मान्यता दियो इच्छामृत्युलाई, दक्षिणपन्थी दलको विरोध

मोन्टेभिडियो । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता

सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का लक्ष्यमा

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी