२०८२, २६ फाल्गुन बुधबार

भूमि आयोग खारेजविरुद्ध एमालेका दुई जनसंगठन सडकमा

भूमि आयोग खारेजविरुद्ध एमालेका दुई जनसंगठन सडकमा

सरकारलाई चेतावनी


काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँको तीनकुनेमा जोरदार विरोध प्रदर्शन गरेका छन्। सभामा अध्यक्ष इन्द्र तामाङले सरकारले आयोग पुनःस्थापना नगरे सडक आन्दोलनको आँधी ल्याउने चेतावनी दिँदै भने, “गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज भएपछि हामी सडकमा उत्रिनु अनिवार्य भयो।”

किसान महासंघका अध्यक्षले पनि सरकारलाई छिटो निर्णय फिर्ता लिन चेतावनी दिँदै, “५ लाखभन्दा बढी श्रमिक र किसान सडकमा उतारेर आन्दोलन गर्नेछौं।” महासचिव उमेश आचार्यका अनुसार, जेन-जी आन्दोलनपश्चात एमालेको जनसंगठनबाट सडकमा पहिलोपटक भूमि अधिकार तथा श्रमिक संगठन सक्रिय भएको हो। प्रदर्शनको क्रममा सरकारविरुद्ध चर्को नाराबाजी र ऐक्यबद्धता देखाइएको थियो।

सडक आन्दोलनको यो कदम सरकारका भूमि नीति र निर्णयप्रति एमालेको जनसंगठनको गम्भीर असहमति स्पष्ट देखाउने दावी गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १० : ११ बजे

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल