२०८२, ४ चैत्र बिहीबार

देउवा उपचारका लागि सिंगापुर जाने, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

देउवा उपचारका लागि सिंगापुर जाने, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचारका लागि सिंगापुर जाने भएका छन्। उनले आफ्नो अनुपस्थितिमा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवाले खड्कालाई कार्यवाहक सभापति बनाउने प्रस्ताव राखेका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यवाहक नियुक्तिको मस्यौदा तयार भइसकेको छ र आजै देउवाले सम्बोधनमार्फत औपचारिक घोषणा गर्नेछन्।

देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।
उनको अनुपस्थितिमा बाँकी बैठक र आगामी संगठनात्मक कार्यहरू खड्काले नै सञ्चालन गर्ने जनाइएको छ।
पार्टीका केही नेताहरूले खड्का कार्यवाहकको भूमिकामा रहेर नै कांग्रेस महाधिवेशनसम्म नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्।

गत २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीले देउवा निवास बुढानीलकण्ठमा आक्रमण गर्दा उनी र उनकी पत्नी सांसद डा. आरजु राणा देउवा घाइते भएका थिए।
घटनापछि नेपाली सेनाले उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका थिए।

स्रोतका अनुसार, देउवाको स्वास्थ्यमा सुधार भए पनि चिकित्सकको सिफारिसअनुसार थप उपचार र परीक्षणका लागि उनी सिंगापुर जान लागेका हुन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  २ : ३१ बजे

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३

कम्बोडियामा अलपत्र परेका २० नेपाली उद्धार, स्वदेश फर्किए

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीलाई उद्धार

आज चैते दशैँको घटस्थापना,चैत्र नवरात्र सुरु, देशभरका देवी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र

इन्जिनको आयु बढाउने ‘नानो इनरजाइजर’ अब नेपालमा बिक्रीमा

काठमाडौं । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा विकसित नानो इनरजाइजर