२०८२, ५ फाल्गुन मंगलबार

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी


सर्लाही । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो । जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने, ‘हामीले औपचारिक रूपमा जाहेरी दर्ता गराएका छौं यदि कानुनी प्रक्रिया अघि बढेन भने न्यायिक मार्गबाट अगाडि बढ्नेछौं ।’ सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला घटनाहरूले संगठनको गम्भीर ध्यानाकर्षण गराएको बताए । उनका अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत हुंकारका आधारमा राज्यको संयन्त्र सञ्चालन हुन नहुने बताउँदै उनले भने, ‘विधिको शासन सबैभन्दा माथि हुनुपर्छ । सरकारी कार्यालयमा जबर्जस्ती प्रवेश गरी आदेश दिने प्रवृत्ति सह्य हुँदैन । दलीय राजनीति बाहिरको नाममा हुकुमी शासन चलाउनु स्वीकार्य होइन ।’

अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : १८ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा