२०८२, ५ मंसिर शुक्रबार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर


काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सोमबार महराविरुद्ध भन्सार छलि गरेको र संगठित अपराधमा संलग्न रहेको अभियोगमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

सरकारी पक्षले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो तथा ३ वर्षभन्दा बढी कैद सजाय मागदाबी गरेको छ। महरामाथि २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ।

उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि २०८० साल चैतमा महरालाई प्रहरीले नियन्त्रणमा लिई सो प्रकरणमा अनुसन्धान गरेको थियो। प्रहरीले यस घटनालाई सुन तस्करीको संगठित सञ्जालको हिस्सा मान्दै अनुसन्धान विस्तार गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : ०२ बजे

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको