२०८२, २३ मंसिर मंगलबार

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी

इजरायली सेनाका अधिकारीद्वारा विपिन जोशीको निधनको जानकारी


काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीहरूले दिएका छन्।

इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिका निवासी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूसँग भिडियो कन्फरेन्समार्फत औपचारिक जानकारी दिएका हुन्।

अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविरामपछि आज हमासको नियन्त्रणमा रहेका २० जनालाई रिहा गर्ने कार्यक्रम रहेको थियो। तर आज सार्वजनिक गरिएको रिहा हुने सूचीमा विपिनको नाम समावेश छैन।

अध्ययनका लागि इजरायल पुगेका विपिनलाई अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा हमासले गरेको आक्रमणमा बन्धक बनाइएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। विपिन सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात थियो।

विपिनको खोजी र स्थिति पत्ता लगाउन सरकारको कूटनीतिक पहल जारी रहेको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ५६ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला