२०८२, २३ मंसिर मंगलबार

विहानै धनकुटामा दुःखद दुर्घटना: ब्रेक फेल भएर ३०० मिटर तल खस्यो मिनि ट्रक

विहानै धनकुटामा दुःखद दुर्घटना: ब्रेक फेल भएर ३०० मिटर तल खस्यो मिनि ट्रक


काठमाडौं । धनकुटामा सोमबार बिहान एक मिनि ट्रक दुर्घटनाग्रस्त हुँदा दुई जना गम्भीर घाइते भएका छन्। धनकुटा नगरपालिका-९, पाँचगोलाइ भन्ने स्थानमा बिहान करिब २ बजे प्रदेश ३-०१-००३क-६९०६ नम्बरको मिनि ट्रक धनकुटाबाट मुलघाटतर्फ आउँदै गर्दा ब्रेक फेल भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा चालक नारायण खड्का (२६ वर्ष), उदयपुरगढी गाउँपालिका–५, र सहचालक दिनेश कार्की (२० वर्ष), रानीटार, उदयपुर गम्भीर रूपमा घाइते भएका हुन्।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाट र प्रहरी चौकी मुलघाटबाट उद्धार टोली पुगेको थियो। घाइते दुबै जनालाई बिहान करिब ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा लगिएको छ। स्थानीयवासीका अनुसार सडक अत्यधिक घुमाउरो र उकालो–ओरालो भएकोले सो ठाउँमा सवारी दुर्घटनाको जोखिम उच्च रहँदै आएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ७ : ५५ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला