काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एसीए) ले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ।
आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो। सूचनाका अनुसार दाहालले विभिन्न सप्लायर्स र ठेकेदारलाई भुक्तानी गर्दा घुस/रिसवत लिएको र आफ्नो कार्यकक्षमा लुकाई राखेको भेटिएको थियो। अख्तियारले यस आधारमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया