काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।
सीआईबीका अनुसार, महरालाई भन्सार ऐन र संगठित अपराध अन्तर्गत आपराधिक लाभ लिएको आरोपमा काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। उनको नाम ९ किलो सुन तस्करी तथा ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखन प्रकरणमा जोडिएको छ।
यसअघि महराले उक्त विषयमा अख्तियारमा बयान दिएका थिए।
प्रतिक्रिया