२०८२, १७ कार्तिक आईतबार

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु


एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ ।  अन्य १७०,०३३ जना घाइते भएका छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार  विगत २४ घण्टामा ११६ शव फेला पारेका छन्  । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् । कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ पुगेको छ, जसमध्ये १५७ बालबालिका छन् ।

हमास र इजरायल बिहीबार गाजा पट्टीमा युद्धविराम सम्झौतामा भएको छ । इजरायली सरकारले प्रस्तावलाई अनुमोदन गरेपछि शुक्रबारदेखि लागू भएको हो। शुक्रबारदेखि २,५०,००० भन्दा बढी प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएका छन् ।

गाजामा शुक्रबार स्थानीय समय अनुसार १२ः०० बजेदेखि लागू भएको  युद्धविराम योजनाको पहिलो चरणको कार्यान्वयनपछि, हमासले सोमबारदेखि इजरायली बन्धकहरूलाई रिहा गर्ने जनाएको छ ।

इजिप्टमा कैदी आदानप्रदान र सीमा नाकाहरू पुनः खोल्ने र गाजामा सहायता प्रवेश गर्ने योजना सहितको वार्तापछि युद्धविराम भएको हो।

सम्झौता अन्तर्गत, इजरायलले लडाईं रोक्ने र गाजा पट्टीबाट फिर्ता हुने अपेक्षा गरिएको छ । जबकि हमासले लगभग २,००० प्यालेस्टिनी कैदी एवम बन्धकहरूलाई रिहा गर्नेछ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ३७ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या