२०८२, २२ मंसिर सोमबार

सर्लाहीको चन्द्रनगरमा इन्धन खर्चमा अनियमितता

सर्लाहीको चन्द्रनगरमा इन्धन खर्चमा अनियमितता


सर्लाही । चन्द्रनगर गाउँपालिकामा इन्धन खर्चमा अनियमितता भएको खुलासा भएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आर्थिक वर्ष २०८०/८१ मा तोकिएको सीमा नाघी २,३३४ लिटर इन्धन खर्च गरेका छन्।

ऐनअनुसार अध्यक्षले वार्षिक १,२०० लिटर मात्र इन्धन पाउने व्यवस्था छ। तर, उनले १,१३४ लिटर बढी, करिब रु. १ लाख ८७ हजार रुपैयाँ बराबर इन्धन खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले यसलाई नियमविपरीत खर्च ठहर गर्दै गाउँपालिकाको वित्तीय अनुशासनमाथि प्रश्न उठाएको छ। स्थानीयहरूले अनियमित रकम असुलउपर र जिम्मेवार अधिकारीमाथि छानबिनको माग गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ४७ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला