२०८२, २३ मंसिर मंगलबार

सुनसरीमा बीच सडक गोली प्रहार, सफारी चालकको घटनास्थलमै मृत्यु

सुनसरीमा बीच सडक गोली प्रहार, सफारी चालकको घटनास्थलमै मृत्यु


विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-३ शिवनगरमा आइतबार बिहान एक सफारी चालकको गोली हानी हत्या गरिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीन जनाको समूहले सफारी चालकमाथि गोली प्रहार गरेका थिए। गोली लागेर चालकको घटनास्थलमै मृत्यु भएको हो। सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले घटनास्थलमा फेला परेका शारीरिक चोट र प्रमाणका आधारमा गोली हानिएको आशंका गरिएको बताउनुभयो। “छातीमा चोटको निशान देखिएको छ, गोली प्रहार भएको विषयमा थप अनुसन्धान भइरहेको छ,” एसपी थेवेले जानकारी दिनुभयो।

मृतक रामधुनी–३ का स्थानीय दिनेश चौधरी भएको स्थानीयले बताएका छन्। घटनापछि गोली हानेको आशंकामा रहेका तीन जना मोटरसाइकलमा फरार रहेका र उनीहरूको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुमान अनुसार घटना आपसी द्वन्द्व वा पुरानो रिसइवीका कारण हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ८ : ५५ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला