२०८२, २६ फाल्गुन बुधबार

काभ्रेली ‘आवाज र गाउँ बिरानो भयो’ कवितासंग्रह सार्वजनिक

काभ्रेली ‘आवाज र गाउँ बिरानो भयो’ कवितासंग्रह सार्वजनिक


बनेपा । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेद्वारा समसामयिक विषयमा आयोजित काव्यगोष्ठी तथा दुई कवितासंग्रह ‘काभ्रेली आवाज’ र कवि मुरहरी रायमाझी ‘हरि’ लिखित ‘गाउँ बिरानो भयो’ संयुक्त रूपमा सार्वजनिक गरिएको छ।

कार्यक्रमको सभापतित्व प्रलेस काभ्रे अध्यक्ष रक्तिम लामाले गर्नु भयो भने सञ्चालन सचिव दिनेशराज खरेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रलेसका पूर्व अध्यक्ष डा. जिवेन्द्रदेव गिरि, विशिष्ट अतिथि शिक्षाविद् डा. बिद्यानाथ कोइराला, तथा अतिथिहरूका रूपमा प्रा. हरि सिलवाल, डा. इन्दुला केसी, साहित्यकार हरिमन्जुश्री, प्रलेस पार्सद तथा नागर्जुन वाङ्मयका अध्यक्ष दिल पौडेल, प्रलेस महासचिव युवराज नास्तिक, बागमती प्रदेश सचिवालय सदस्य भवानी पाण्डे र काभ्रे इन्चार्ज गोबिन्द अर्याल सहभागी थिए।

प्रलेस काभ्रेद्वारा आयोजित कार्यक्रममा स्रष्टा विशेष सम्मान अन्तर्गत कवि नवराज उत्साही, मुरहरी रायमाझी, दिल पौडेल, केशव घिमिरे र डा. जिवेन्द्रदेव गिरि हरिमन्जुश्रीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै विशिष्ट अतिथि डा। बिद्यानाथ कोइरालालाई मायाको चिनो प्रदान गरिएको थियो। स्रष्टा विशेषमा कवि नवराज उत्साहीले आफ्ना चार वटा कविता वाचन गरे भने कवि मुरहरी रायमाझीले आफ्नै कृतिबाट चार वटा छन्द कविता प्रस्तुत गरे।

त्यस्तै दिल पौडेल, युवराज नास्तिक, शशीश्री आचार्य, सरिता खरेल ‘संगी काली’, गोबिन्द मैनाली, देउपुरे यदुनाथ, र मच्छेस्वर सापकोटालगायतका कविहरूले पनि गोष्ठीमा कविता वाचन गरे। कार्यक्रममा प्रलेस सदस्य श्रीकृष्ण पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि डा. जिवेन्द्रदेव गिरिले ‘काभ्रेली आवाज’ कवितासंग्रहमाथि समालोचना प्रस्तुत गर्दै, “यस संग्रहमा समसामयिक चेतना र सिर्जनात्मक सन्तुलन उच्च स्तरको देखिन्छ,” भन्ने टिप्पणी गरे।


त्यस्तै विशिष्ट अतिथि डा.बिद्यानाथ कोइराला, डा. हरि सिलवाल र साहित्यकार हरिमन्जुश्रीले ‘गाउँ बिरानो भयो’ कृतिमाथि टिप्पणी गर्दै स्रष्टाको भाषा, भाव र जीवन यथार्थको सशक्त चित्रण रहेको बताएका थिए। कार्यक्रमको समापनमा अध्यक्ष रक्तिम लामाले स्रष्टाद्वय नवराज उत्साही र मुरहरी रायमाझीको साहित्यिक योगदानबारे प्रकाश पार्दै, “अबको पुस्ता जेन-जेड आन्दोलन पछिको साहित्यमा नयाँ चेतना र मूल्यको खोजमा उन्मुख छ,” भन्दै कार्यक्रम समापन गरेका थिए।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ३४ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा